अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई अमरेश सिंहको प्रश्न: निजगढ एयरपोर्ट भैंसी चराउन बनाउन लागेको हो ?

सरकारलाई अमरेश सिंहको प्रश्न: निजगढ एयरपोर्ट भैंसी चराउन बनाउन लागेको हो ?


काठमाडौं-प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको बताउनु भएको छ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलका भाग लिँदै उहाँले यस्तो बताउनु भएको हो।

सांसद सिंहले के भैंसी चराउन निजगढ विमानस्थल बनाउन लागिएको हो? भनेर सरकारलाई प्रश्न समेत गर्नुभयो। उहाँले भन्नुभयो, ‘निजगढ एयरपोर्ट बनाउने कुरामा मेरो आपत्ति छ। यता दुई इन्टरनेशनल एयरपोर्ट चल्न सकिरहेका छैनन्। अर्को निजगढ एयरपोर्टको आवश्यकता किन ? खाली फाष्ट ट्रयाक जोड्न एयरपोर्ट चाहिन्छ? त्यो आवश्यक छैन। त्यसकारण विदेशीको ऋण लिएर एयरपोर्ट बनाउने काम बेठिक छ। अहिले भनिएको छ, निजगढ एयरपोर्ट बनाउने। के त्यहाँ भैंसी चराउन एयरपोर्ट बनाउने? मधेशमा भैँसी धेरै पाउँछन्।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले काम गर्न  नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नभएको सांसद सिंहको तर्क थियो।