अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालय विघटन गरिदिए हुन्छ: राजेन्द्र पाण्डे

प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालय विघटन गरिदिए हुन्छ: राजेन्द्र पाण्डे


काठमाडौँ-सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालय विघटन गर्नुपर्ने बताउनु भएको छ।

‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम’ का लागि एकजना सांसदले गरेको प्रश्नको जवाफ समेत तयार गरिदिन नसक्ने प्रधानमन्त्रीको सचिवालय आवश्यक नभएको उहाँले बताउनु भयो। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री दाहालको सचिवालय अस्तव्यस्त रहेको दाबी समेत गर्नुभयो।

उहाँले मन्त्रालयहरू तपाईँको नेतृत्वमा चलिरहेका छन् कि छैनन् ? भनेर पनि प्रधानमन्त्रीलाई प्रश्न गर्नु गर्नुभयो।

‘प्रधानमन्त्रीज्यूको सचिवालय अस्तव्यस्त छ। अस्तव्यस्त रहेको कुरा प्रधानमन्त्रीले आज उत्तर दिँदै गर्दा एक जना माननीयले सोधेको प्रश्नको उत्तर पनि आएको रहेनछ। यो त तीन दिन अगाडि प्रश्न गरेको हो नि। उहाँको सचिवालयले तयार गरिदिनु पर्थ्यो कि पर्दैन थियो?’, उहाँले भन्नभयो, ‘अहिले मन्त्रीहरुले मन नपराएका सचिवहरु त्यहाँ कवाडी खानाजस्ता थन्क्याउने स्थिति रहेछ। हरेक फ्रष्टेड सचिवहरु त्यहाँ जम्मा हुने भएपछि उनीहरुले काम गर्छन?’

उपाध्यक्ष पाण्डेले सरकारले ल्याएको बजेट सन्तुलित नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । उहाँले अहिलेको बजेटलाई सन्तुलित भन्नै नसकिने बताउनु भयो।