अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ: रघुवीर महासेठ

सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ: रघुवीर महासेठ


काठमाडौं-नेकपा एमालेका सांसद रघुवीर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताउनु भएको छ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने बताउनु भएको हो।

उहाँले भन्नुभयो, ‘सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ र त्यो नयाँ कुरा होइन। पहिला, पहिला पनि सेनाको कर्णेलको नेतृत्वमा सिमानाको रेखदेख, नापजाँच उहाँहरुको जिम्मा थियो। त्यसैले यो सरकारले पुनः यसमाथि विचार गरोस्।’

छिमेकी देशले हाम्रा सिमाना दिनप्रतिदिन मिचिरहेको भन्‍दै नापीका हाकिमहरुलाई समेत थाहा नभएको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, ‘हाम्रा सिमाना दिनप्रतिदिन छिमेकी देशहरुले मिचिरहेको छ। पहिला त्यस्तो स्थिति थिएन। आज हामीले जसलाई जिम्मा लगाएका छौँ, कहीँ कहीँ नापीका हाकिमहरु त मिटिङमा जाँदाखेरी नेपालमै बसेर हस्ताक्षर गरेको हुन्छ भोलिपल्ट उठ्दा त उहाँ अरु देशमा बसेको थाहा पाउनुहुन्छ। हिजो मैले के, कसरी सही गरेँ उहाँहरुलाई थाहा हुँदैन।’

उहाँले पुराना हतियारहरुलाई डम्पिङ गर्दै हतियारको आधुनिकीकरणमा पनि ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पच्चिसौँ, पचासौँ वर्ष पुराना हतियारहरुलाई डम्पिङ गर्दै आधुनिकीकरण गर्न उहाँहरुलाई हतियारतिर पनि सरकारले ध्यान दिनुपर्छ।’

Skip This