अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुलीमा बाढीपहिराबाट ३१ घरमा क्षति

सिन्धुलीमा बाढीपहिराबाट ३१ घरमा क्षति


सिन्धुली-सिन्धुलीको गोलञ्जोर गाउँपालिका-२ बितिजोरमा बाढीपहिराबाट ३१ घरमा क्षति पुगेको छ। बाढीले खेतसमेत बगाएको छ।

आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याडसमेत बगाएको छ। बाढीपहिराबाट पशुचौपाया र कखुरा पनि नष्ट गरेको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिनुभयो। लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच सुँगुर र ६० कुखुरा मरेका छन्।

“बाढीपहिराले बितिजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ। क्षतिको विवरण संकलन गरिरहेका छौँ”, वडाध्यक्ष कार्कीले भन्नुभयो– “रोपाइँका लागि तयार हुँदै गरेको धानको ब्याड चिनोमानो नरहने गरी पुरिँदा किसान मर्कामा परेका छन्।”