अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

०८४ को निर्वाचनमा एमालेले १५० सिट ल्याउछ : योगेश भट्टराई

०८४ को निर्वाचनमा एमालेले १५० सिट ल्याउछ : योगेश भट्टराई


काठमाडौं – नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले आउँदो निर्वाचनमा एमाले एक्लैले प्रतिनिधिसभामा १५० सिट हासिल बताउनुभएको छ ।

शनिबार सर्लाहीको लालबन्दीमा पार्टीको मधेस प्रदेशस्तरीय प्रचार भेलामा उहाँले ‘मिसन ८४’ मा एमालेको ध्यान रहेको भन्दै प्रतिनिधिसभामा १५० सिट जित्ने दाबी गर्नुभयो ।
अहिले संसद्मा कमजोर पार्टीको नेतृत्वमा बनेको सरकारले मुलुकलाई सही दिशा दिन नसक्ने उहाँले बताउनुभयो ।

भट्टराईले यसअघि एमालेलाई मधेस प्रदेशबाट लखेट्न अनेक प्रयास गरिएको स्मरण गर्नुभयो । मधेसका नेता–कार्यकता एकजुट भएका कारण उक्त प्रयास असफल भएको उहाँको भनाइ छ । ।

केही समयअघि मधेसकै नाममा मुलुक विभाजन गर्न खोजिएको र अन्तर्राष्ट्रिय शक्तिले पनि साथ दिइसकेको अवस्थामा एमालेले दृढ भएर प्रतिकार गरेको जिकिर उनले गरे ।