अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्धि हासिल गर्न उर्लाबारी नगरपालिकाको बजेटका ६ उद्धेश्य (पूर्ण पाठ)

समृद्धि हासिल गर्न उर्लाबारी नगरपालिकाको बजेटका ६ उद्धेश्य (पूर्ण पाठ)


काठमाडौं -मोरङको उर्लाबारी नगरपालिकाले नगरको समृद्धिका लागि ६ वटा उद्धेश्य राखेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।
आज उपप्रमुख मिना खतिवडाले पेश गरेको बजेटमा शिक्षालाई गुणस्तरीय बनाउने देखि वैदेशिक रोजगारीबाट फर्किएकालाई सीप सिकाउने सम्मका छन् । उपप्रमुख खतिवडाले पेश गरेको नीति कार्यक्रम र बजेटमा उल्लेख भए अनुसार शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाइ सबैको पहुँचमा पुर्याउने,कृषीलाई रोजगारीको मुल आधार बनाउने,गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा विस्तार गर्ने रहेका छन् । यसैगरी वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरुको सीप उपयोग गर्ने रहेका छन् । यसैगरी विपद् व्यवस्थापनका हरेक चरणमा योजनाबद्ध हस्तक्षेप गर्ने र आर्थिक,सामाजिक र साँस्कृतिक क्षेत्रको विकासमा सबै प्रयास केन्द्रीत गर्ने रहेका छन् ।
खतिवडाले नगरपालिकाको दशौं नगरसभाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३० करोड ४० लाख बराबरको बजेट सार्वजनिक गर्नुभएको छ ।
बजेटमा चालू खर्चतर्फ ५७ करोड ३७ लाख ९३ हजार ७ सय २०, पुँजीगततर्फ ७३ करोड २ लाख ८२ हजार ९ सय १८ अनुमान गरिएको छ ।