काठमाडौँ-आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि स्थानीय तहहरूले आज बजेट प्रस्तुत गर्दै छन् ।
संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेअघि वार्षिक बजेट ल्याउनुपर्ने हुन्छ ।
सोही व्यवस्थाअनुसार हालसम्म १० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका जनाइएको छ ।
बाँकी ७४३ स्थानीय तहले आज बजेट सार्वजनिक गर्नेछन् ।
संघबाट प्राप्त हुने चार प्रकारका अनुदान र राजस्व बाँडफाँटबाट जाने रकम स्थानीय तहको बजेटको मुख्य स्रोतका रूपमा मानिन्छ । संघीय सरकारले वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, सर्सत अनुदान, समपूरक विशेष अनुदान छुट्ट्याएको हुन्छ ।
प्रतिक्रिया