अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज बढ्यो सुनचाँदीको मूल्य

आज बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ-आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज ४०० रुपैयाँले सुनको मूल्य बढेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ६५० रुपैयाँ कायम छ ।  

यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।