अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार चाहिंदैन, बजेट दुरुपयोग रोकौं: रघुजी पन्त

राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार चाहिंदैन, बजेट दुरुपयोग रोकौं: रघुजी पन्त


काठमाडौं-नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट जनताले तिरेको करको दुरुपयोग भएको बताउनु भएको छ।

प्रतिनिधि सभाको बैठकमा आइतबार बोल्दै सांसद पन्तले यस्तो बताउनु भएको हो।

उहाँले राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक नरहेको बताउनु भयो । उहाँले राष्ट्रपतिको सल्लाहकार भनेकै प्रधानमन्त्री मन्त्रिपरिषद् भएकाले छुट्टै सल्लाहकार आवश्यक नरहेको जिकिर गर्नुभयो ।

‘हाम्रोमा राष्ट्रपतिलाई शुरुदेखि नै सल्लाहकार दिँदै आयौँ। भारतमा १५ जना राष्ट्रपति भए तर अहिलेसम्म सल्लाहकार राखेको छैन। अहिले राष्ट्रपति र उपराष्ट्रपतिसँग सम्बन्धित कानून हेर्दा राष्ट्रपतिका ७ जना उपराष्ट्रपतिका लागि ५ जना सल्लाहका राख्ने प्रावधान भनेको छ’, उहाँले भन्नुभयो, ‘मैले एक महिनाजति भयो। पढेको उपराष्ट्रपतिजीले विदेशमा सल्लाह दिने सल्लाहकार राख्नुभएछ, बडा गज्जब छ, उपराष्ट्रपतिलाई विदेश मामिलामा सल्लाह दिन के आवश्यक पर्छ ? राष्ट्रपतिलाई पनि पर्दैन। राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रिपरिषद् हो। उपराष्ट्रपति पदेन राष्ट्रिय सभाको अध्यक्ष हुनुपर्छ। यसमा हामी खर्च घटाउने गरी संशोधनमा राष्ट्रिय सहमति गरौँ।’