अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं महानगरपालिकाले विभिन्न पदका लागि करारमा ८०३ जना कर्मचारी नियुक्त गर्ने

काठमाडौं महानगरपालिकाले विभिन्न पदका लागि करारमा ८०३ जना कर्मचारी नियुक्त गर्ने


काठमाडौंऔकाठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा ८०३ जना कर्मचारी करारमा नियुक्त गर्ने भएको छ। नगरसभामा आर्थिक वर्ष २०८०/ ०८१ को बजेट प्रस्तुत गर्दै उपमेयर सुनिता डंगोलले बताउनु भएको हो।

उहाँले नगरसभामा भन्नुभयो, ‘महानगरको क्षेत्रगत जनशक्तिको अभावलाई तत्काल परिपूर्ति गर्न कुचिकार ३०० जना, कार्यालय सहयोगी ५१ जना चौकीदार ३२ जना स्वास्थ्यकर्मी २६९ जनार नगरप्रहरी जवान १५१ जनालाई करार सेवा मार्फत सम्झौता गरी काममा लगाउन आगामी आर्थिक वर्षको लागि ३० करोड रुपैया रकम बिनियोजन गरेको छु। नगरप्रहरी तर्फ कुल ५०० जनाको दरबन्दी रहने व्यवस्था गरेको छ।’