अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाइजो प्रथा निरुत्साहित गर्न एसईई पास गरेका छोरीको विवाहका लागि गौर नगरपालिकाले सहजिकरण गरिदिने

दाइजो प्रथा निरुत्साहित गर्न एसईई पास गरेका छोरीको विवाहका लागि गौर नगरपालिकाले सहजिकरण गरिदिने


रौतहट- मधेस व्याप्त दाइजो,तिलक,बालविवाह आदिलाई निरुत्साहित गर्न रौतहटको गौर नगरपालिकाले एसईई पास गरेका छोरीहरुको विवाहमा सहजिकरण गरिदिने भएको छ ।
गौर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रष्तुत गर्दै नगरप्रमुख शम्भू साहले यस्तो प्रस्ताव गर्नुभएको हो । साहले आज प्रष्तुत गरेको नीति तथा कार्यक्रमको लैंगिक समता एवं समावेशीकरण शिर्षकमा उल्लेख भए अनुसार मधेसमा महिला हिंसा घटाउन र दाइजो लगायतले ल्याइरहेको सामाजिक विकृतीलाई कम गर्न यस्तो नीति लिइएको साहले बताउनुभयो ।
गौर नगरपालिकाले बहुचर्चित गौर राईस मिललाई आफ्नो स्वामित्वमा ल्याउने नीति लिएको छ । उक्त स्थानमा प्रदेश सरकारको सहयोगमा खेल मैदान निर्माण गरी नगरपालिकाले आफ्नो स्वामित्वमा सञ्चालन गर्ने साहले उल्लेख गर्नुभएको छ । गौर नगरपालिकाले पाँचवर्षे रोजगार रणनीति तयार गर्ने भएको छ । यसैगरी वैदेशिक रोजगारीको व्यक्तिको अभिलेखकिरण गरेर उनीहरुको सीप प्रयोग गर्ने नीति लिएको छ ।