ललितपुर-ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ।
आइतबार मानभवनको एक पार्टी प्यालेसमा आयोजित नगरसभामा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको हो।
महानगरले पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार, चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार प्राप्त हुने अनुमान छ।
उपप्रमुख शाक्यका अनुसार राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब प्राप्त हुनेछ।
यस्तै, १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरेको छ।
महानगरले बजेटमा सडक पूर्वाधार र सम्पदामा जोड दिएको छ। यस्तै विपद व्यवस्थापन डिआरआर सव- सेन्टर स्थापना तथा संचालन, पाटन दरबार इलिमिनेसन प्रोजेक्ट-हरियाली/पार्क निर्माणमा जोड दिएको छ।
प्रतिक्रिया