अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उद्योगमन्त्रीलाई ४८ सेकेण्डमा एलपी साँवाका चार प्रश्न

उद्योगमन्त्रीलाई ४८ सेकेण्डमा एलपी साँवाका चार प्रश्न


              

काठमाडौं- नेकपा एमालेका साँसद एलपी साँवाले उद्योग मन्त्री रमेश रिजाललाई आज संसदमा देशको उद्योगधन्दाको स्थिती के कसो छ भनेर चारवटा प्रश्न सोध्नु भएको छ ।
आजको संसद बैठकको शुन्य समयमा बोल्दै झापा ४ बाट निर्वाचित साँसद साँवाले समग्र उद्योगको अवस्था मात्र होइन नवलपुरको फलाम खानी र दैलेखको पेट्रोल खानी उत्खनन् सम्मको सरकारी तयारी के छ भनेर प्रश्न गर्नुभएको छ ।
साँवाले स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगहरुलाई कम्तीमा १० वर्ष ट्याक्स होली डे दिने भन्ने आवाज उठेको छ यसमा सरकारको धारणा के छ ? साँसद साँवाको सोधाइ छ । यसैगरी सरकारले सातै प्रदेशमा औद्योगिक ग्राम स्थापनाका लागि शिलान्यास समेत भएको तर सरकारले निर्माणका लागि पर्याप्त बजेट नछुट्याएको प्रति साँवाले आपत्ती जनाउनुभएको छ । उहाँको सोधाइ छ के सरकारले उद्योग स्थापना र रोजगार सृजना गर्न नचाहेकै हो ? साँवाले नवपरासीमा रहेको धौवादी फलाम कारखाना कहिलेबाट सञ्चालन हुन्छ भनेर प्रश्न उद्योग मन्त्रीलाई सोध्नु भएको छ । यसैगरी दैलेखमा रहेको पेट्रोलियम खानीको उत्खनन् गर्ने कार्यको प्रगतिको बारेमा यस संसदमा जानकारी चाहन्छु ।