अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले सरकार ढाल्नै पर्दैन, आफैं ढल्छ: रघुजी पन्त

एमालेले सरकार ढाल्नै पर्दैन, आफैं ढल्छ: रघुजी पन्त


काठमाडौँ-नेकपा एमालेका सांसद रघुजी पन्तले एमाले सरकार बनाउन नहतारिने तर मौका आए नछोड्ने बताउनु भएको छ।

आइतबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारको अहिलेको काम कारबाहीसँग जनता सन्तुष्ट नभएकाले नेकपा एमाले र नेपाली कांग्रेसको प्रभावकारी सरकार बनोस् भन्ने जनताको चाहना रहेको बताउनु भयो।

उहाँले नीति कार्यक्रम र बजेट फेल भए सरकार फेल हुने अहिलेसम्मको मान्यता रहेको बताउनु भयो। उहाँले अहिलेको सरकार एमालेले ढाल्नु नपर्ने बरु आफैँ असन्तुष्टि पोख्दै सरकार ढल्ने बताउनु भयो ।