दैलेख-दैलेखको आठबीस नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । हिजो बसेको तेह्रौँ नगरसभामा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको हो । नगरपालिकाले हिजो नै नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याएको हो ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालुतर्फ २९ करोड ८५ लाख र पुँजीगततर्फ १९ करोड ९० लाख गरी जम्मा ४९ करोड ७५ लाख विनियोजन गरेको छ ।
प्रतिक्रिया