अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँमा इनारमा डुबेर दुई जनाको मृत्यु

काठमाडौँमा इनारमा डुबेर दुई जनाको मृत्यु


काठमाडौँ-काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुई जनाको मृत्यु भएको छ । 

आज बिहान उनीहरू इनारमा डुबेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार मृत्यु हुनेहरूमा झापाका ३६ वर्षीय दिपने लिम्बू र  सिन्धुलीका २२ वर्षीय जितेश गुरूङ रहेका छन् । 

पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि मोटर निकाल्न दिपेन पहिला इनारमा गएका थिए भने दिपेनलाई बचाउन त्यसपछि जितेश इनारमा गएको प्रहरीले बताएको छ ।