काठमाडौँ-क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाइ हुँदैछ । आज जिल्ला अदालत काठमाडौँमा सुनवाइ हुन लागेको हो ।
पीडित पक्षले माग गरे बमोजिम क्षतिपूर्ति दिन मिल्ने कि नमिल्ने भन्ने आज टुंगो लाग्नेछ । लामिछानेसँग पीडित पक्षले १० लाख क्षतिपूर्तिको माग गरेको थियो ।
उक्त माग अदालतले खारेज गरेपनि सर्वोच्च अदालतले पीडित राहत कोषमार्फत क्षतिपूर्ति सम्बोधन गर्नुपर्ने बताएपछि आज सुनवाइ हुन लागेको हो ।
तर पछि पीडित पक्षले ३६ लाख रुपैयाँ क्षतिपूर्तिको माग गरेपछि अदालतले अस्पतालसँग उपचार खर्चको विवरण माग गरेको थियो ।
मुद्दाको फाइनल पेशी भने अझै तोकिएको छैन । लामिछाने जिम्बाबेमा रहेका कारण उनी फर्केपछि मात्रै अन्तिम सुनवाइका लागि पेशी तोक्ने सम्भावना रहेको जनाइएको छ ।
प्रतिक्रिया