अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष तिमिल्सिना र दक्षिण कोरियाका नवनियुक्त राजदूत र बीच भेटवार्ता

अध्यक्ष तिमिल्सिना र दक्षिण कोरियाका नवनियुक्त राजदूत र बीच भेटवार्ता


काठमाडौं-नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क ताइयोङले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गर्नुभएको छ।

सोमबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको सचिवालयमा भेटघाट भएको हो। भेटघाटका क्रममा दुई देशको सम्बन्धका बारेमा विस्तृत रुपमा छलफल भएको राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बताउनुभयो। उहाँले भेटले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ उचाईमा पुर्‍याउने, सहयोगका क्षेत्रहरु फराकिलो बनाउने नेपालमा लगानी भित्र्याउने, पर्यटक भित्र्याउने कुरामा जोड दिएको जिकिर गर्नुभयो। उहाँले नेपाल एयरलाइन्सले अब कोरियामा उडान भर्नुपर्ने विषयमा पनि छलफल भएको र दक्षिण कोरिया उडानले आवागमनमा सहज हुने विश्वास रहेको जानकारी दिनुभयो। 

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘नेपालका लागि नवनियुक्त कोरियाली राजदूतसँग शिष्टाचार भेट भयो। दुई देशको सम्बन्धका बारेमा विस्तृत रुपमा हामीले छलफल गर्‍यौँ। यसले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा अझ उचाईमा पुर्‍याउने, सहयोगका क्षेत्रहरु फराकिलो बनाउने नेपालमा लगानी भित्र्याउने, पर्यटक भित्र्याउने कुरामा उहाँ उत्साहीत हुनुहुन्छ। कोरियामा नेपाल एयरलाइन्सलाई अब उडान भर्नुपर्छ भन्नेकुरामा पनि छलफल भयो। यसले आवागमनमा सहज हुनेछ भन्ने छलफल भएको छ।’ राजदूतसँगको भेटमा अनुभवहरुको आदानप्रदानका बारेमा पनि छलफल भएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो।