काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ।
एक करोड ४४ लाख ११ हजार ७८१ रुपियाँ ७१ पैसा गैरकानुनी रुपमा आर्जन गरेको र सो रकमको स्रोत नखुलेका कारण अख्तियारले सोमबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको जानकारी आयोगका प्रवक्ता भोला दाहालले दिनुभयो ।
प्रतिक्रिया