अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरहामा धारिलो हतियार प्रयोग गरी सुरक्षा गार्डको हत्या

सिरहामा धारिलो हतियार प्रयोग गरी सुरक्षा गार्डको हत्या


सिरहा-सिरहाको मिर्चैया नगरपालिका ७ मा एक सुरक्षा गार्डको हत्या भएको छ। 

मिर्चैया नगरपालिका ७ मा अवस्थित मिर्चैया साना सहरी खानेपानी तथा सरसफाई कार्यालयका सुरक्षा गार्ड स्थानीय ४५ वर्षीय किशोरीराय कुर्मीको हत्या भएको हो।

आइतबार राति ड्युटीमा रहेको बेला अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले बताएको छ।

शरीरका विभिन्न भाग काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले बताउनु भयो।

सोमबार बिहान  कार्यालयका सचिव डिकाराम पोखरेल गाडी लिन कार्यालयमा पुग्दा क्षतविक्षत अवस्थामा कुर्मीको शव फेला परेको थियो। कुर्मीको शव देखेपछि उहाँले प्रहरीलाई खबर गर्नु भएको थियो ।

हत्या कसले र किन गर्‍यो भन्ने खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।