अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँ विश्वको पहिलो प्रदूषित सहर हुनु चिन्ताको विषय : अध्यक्ष ओली 

काठमाडौँ विश्वको पहिलो प्रदूषित सहर हुनु चिन्ताको विषय : अध्यक्ष ओली 


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ विश्वको पहिलो प्रदूषित सहर हुनु चिन्ताको विषय भएका बताउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले यस विषयमा चिन्ताभन्दा बढी चिन्तन गर्नु आवश्यक रहेको बताउनुभयो । 

हिजो ट्वीटर स्क्रोल गर्दै जाँदा ‘वर्ल्ड अफ स्टाटस’ भन्ने ट्वीटर ह्यान्डलबाट आएको एउटा ट्वीटमा आँखा अडिए। त्यसमा विश्वका प्रदूषित सहरको सूचीको पहिलो नम्बरमा हाम्रो काठमाडौँको नाम थियो’, अध्यक्ष ओलीले लेख्नुभएको छ, ‘५० लाखभन्दा बढी  मानिस बस्ने यस सहरका लागि स्वास्थ्यको दृष्टिकोणबाट यो चिन्ताको विषय हो। तर यस विषयमा चिन्ताभन्दा बढी चिन्तन गर्नु आवश्यक छ ।’ 

अध्यक्ष ओलीले काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखले   काठमाडौँलाई प्रदूषणबाट बचाउन केही गरिरहेको विश्वास व्यक्त गर्नुभएको छ । 

उहाँले भन्नुभयो, ‘यसमा प्रदेश र संघ सरकारहरूको पनि भूमिका आवश्यक छ । यसको लागि हामी सबै मिली यो वा त्यो नभनी तत्काल कदम चालौँ । हामी सबैले घरभित्र वा बाहिर वातावरणलाई जीवन्त राख्न आ-आफ्नो ठाउँबाट जस्तो सकिन्छ त्यस्तो भूमिका खेलौँ । प्रदूषणबाट बच्न  घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाऔँ।’

विश्वको प्रदूषण सहरमध्ये नेपालको काठमाडौँ पहिलो नम्बरमा पर्दै आएको छ ।