अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटार जग्गा प्रकरणमा भाटभटेनीका सञ्चालनक गुरुङ पक्राउ

बालुवाटार जग्गा प्रकरणमा भाटभटेनीका सञ्चालनक गुरुङ पक्राउ


काठमाडौं- बालुवाटार जग्गा घोटाला प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।
गुरुङलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले नक्सालस्थित निवासबाटै पक्राउ गरेको हो।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा उनको नाम मुछिएको थियो।

सो जग्गा अहिले पनि उनले स्टोरका रूपमा प्रयोग गर्दै आएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा भाटभटेनीका सञ्चालक गुरुङमाथि अख्तियारले ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबी गरेको छ।