अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सरकारले तत्काल फिर्ता लिनुपर्दछ : पदम गिरी

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सरकारले तत्काल फिर्ता लिनुपर्दछ : पदम गिरी


काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार निष्पक्ष चुनावको विपक्षमा उभिएको बताउनुभएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय गरेर सरकार निष्पक्ष चुनावको विपक्षमा रहेको बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राखेर सरकारले आगामी चुनाव प्रभावित पार्ने तयारी गरेको उहाँले बताउनुभयो ।प्रमुख सचेतक गिरीले भन्नुभयो ( ुयो सरकारले बुझिकन ल्याएको छैन, सरकार यो मुलुकमा निष्पक्ष निर्वाचनको विपक्षमा छ, नियोजित ढंगले आउने निर्वाचनलाई प्रभावित पार्ने उद्देश्य यसभित्र अन्तरनिहीत छ, निर्वाचन गराउने कार्यालयलाई खारेज गरेर जिल्ला प्रशासन कार्यलयभित्र लगेर एउटा इकाइका रुपमा स्थापना गर्ने काम नियोचित ढंगले भएको भन्ने हामिले बुझिरहेका छौं ।ु

उहाँले सरकार पक्षधर दलहरु आफ्नो जनमत गुमिसकेपछि, जनतामा आफ्नो विश्वास गुमिसके पछाडि अब आउने निर्वाचनलाई प्रभावित पार्नुपर्छ भन्ने मनशायसाथ सरकारले सो निर्णय गरेको बताउनुभयो ।

यस विषयमा एमाले र अरु विपक्षी दलले पटक(पटक अनुरोध गर्दा पनि सरकारले यो निर्णय खारेज नगरेको प्रमुख सचेतक गिरीले बताउनुभयो । उहाँले भन्नुभयो ( ुयो अर्थमन्त्रीको मात्रै कुरा होइन, यो सरकारले किन यो काम गर्दैछ रु यसबारे पनि स्वयम् प्रधानमन्त्री नै आएर जवाफ दिनुपर्नेसम्मको विषय हो, त्यसकारण यो विषयमा सरकारको तर्फबाट आएर यो निर्णय फिर्ता लियौ‌ भनौँ अनि हामी बाँकी काम अगाडि बढाउँछौं ।