अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वविद्यालयमा गैरप्राज्ञिक तथा अराजनीतिक गतिविधि स्वीकार्य हुँदैनः शिक्षामन्त्री राई

विश्वविद्यालयमा गैरप्राज्ञिक तथा अराजनीतिक गतिविधि स्वीकार्य हुँदैनः शिक्षामन्त्री राई


काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री अशोक कुमार राईले विश्वविद्यालयलाई समयसापेक्ष रुपमा सक्षम, समृद्ध बनाउँदै राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।

मंगलवार त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले विश्वविद्यालयलाई समयसापेक्ष बनाउन भौतिक संरचना, निर्माण, प्रयोगशाला, पुस्तकालय जस्ता सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताउनु भयो।

उहाँले केही वर्ष अघिदेखि त्रिवि व्यवस्थापन र पदाधिकारीकाबिरुद्ध सभ्य र प्राज्ञिक क्षेत्रका लागि अस्वीकार्य गतिविधि भइरहेको कुरालाई आफूले नियालीरहेको र  सरकारबाट सबै पक्षलाई आफ्ना माग पूरा गराउने नाममा यस्ता गतिविधि नगर्न र समस्याको समाधान वार्ताको माध्यमबाट गर्नसमेत ध्यानाकर्षण गराउनु भयो। उहाँले अराजक, गैरप्राज्ञिक, तथा अराजनीतिक गतिविधि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारलाई मात्रै नभइ सभ्य समाजलाई नै स्वीकार्य हुन नसक्ने बताउनु भयो।

उहाँले भन्नुभयो, ‘विश्वविद्यालयलाई समयसापेक्ष रुपमा सक्षम, समृद्ध बनाउँदै राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न निरन्तर क्रियाशील तुल्याउनु, आजको आवश्यकता हो । यसका लागि भौतिक संरचना, निर्माण, प्रयोगशाला, पुस्तकालय जस्ता सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता त्यत्तिकै महत्वपूर्ण छ । केही वर्ष अघिदेखि त्रिवि व्यवस्थापन र पदाधिकारीकाबिरुद्ध सभ्य र प्राज्ञिक क्षेत्रका लागि अस्वीकार्य गतिविधि भइरहेको नजिकबाट नियालीरहेको छु । सरकारबाट सबै पक्षलाई आफ्ना माग पूरा गराउने नाममा यस्ता गतिविधि नगर्न र समस्याको समाधान वार्ताको माध्यमबाट गर्नसमेत ध्यानाकर्षण गराउन चाहन्छु, त्यस्ता अराजक, गैरप्राज्ञिक, तथा अराजनीतिक गतिविधि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारलाई मात्रै होइन, सम्पूर्ण सभ्य समाजलाई नै स्वीकार्य हुन सक्दैन ।’

मन्त्री राईले पदाधिकारी, शिक्षक, कर्मचारी र विद्यार्थी सबैले संयुक्त रुपमा विश्वविद्यालय सुधारको प्रयास गर्न जरुरी रहेको बताउनु भयो । उहाँले विश्वविद्यालयको पुनः संरचनाको विषय पुराना पाठ्यक्रमहरु समयसापेक्ष परिमार्जन गर्ने विषय, विश्वविद्यालयको अध्ययन, अुनसन्धानलाई प्रविधिमैत्री बनाउने विषय र ठूलो संख्यामा उच्च शिक्षका लागि विदेशीने क्रमलाई देशमै अवसर प्रदान गरी रौक्नुपर्ने विषय अहिलेका ज्वलन्त विषय रहेको बताउनु भयो ।