अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले कैलालीको अधिवेशन आगामी मंसीरमा हुने

नेकपा एमाले कैलालीको अधिवेशन आगामी मंसीरमा हुने


कैलाली-नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आगामी मङ्सिर २२ र २३ गते हुने भएको छ।

कैलालीको धनगढीमा सम्पन्न पूर्ण जिल्ला कमिटी बैठकले आगामी मंसीर २२ र २३ गते गर्ने जिल्ला अधिवेशन गर्ने निर्णय गरेको एमाले कैलालीका सचिव डेजी पाण्डेले जानकारी दिनु भयो।

यसअघि २०७८ पुस २७ गते कैलालीको जिल्ला अध्यक्षमा रतन थापा निर्वाचित हुनु भएको थियो । उहाँ अहिले एमालेमा हुनुहुन्न। केन्द्रको सर्कुलरअनुसार कैलालीमा दुई वर्ष नपुग्दै पुनः अधिवेशन हुन लागेको हो।