अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनका चर्चित धनाढ्य ज्याक मा काठमाडौंमा

चीनका चर्चित धनाढ्य ज्याक मा काठमाडौंमा


काठमाडौं- अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन्।

हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्ड गरी उनी आएका दिउँसो काठमाडौं आइपुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीसहितको सात जनाको टोली काठमाडौंको नक्सालस्थित मेरियट होटलमा पुगेका छन्।

५ जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिक नेपाल आएका हुन्।

उनीहरूले प्रहरीसँग सुरक्षा माग गरेका छैनन्। उनले १५ दिनको पर्यटक भिसा लिएको अध्यागमन स्रोतले जानकारी दिएको छ।