अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन भण्डारी मेमोरियल कलेजमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

मदन भण्डारी मेमोरियल कलेजमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


काठमाडौं-मदन भण्डारी मेमोरियल कलेजले २२औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ शिविर सञ्चालन गरेको छ।

कलेजले आफ्नो २२औँ वार्षिकोत्सवको अवसरमा लायन्स क्लब अफ काठमाडौं र समाज डेन्टल हस्पिटलको सहकार्यमा आँखा, दन्त तथा मधुमेहको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो। यसका साथै रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ।

मंगलबार आयोजित शिविरमा १३८ जना दाँतका, १७९ जना आँखाका र २१ जना मधुमेहका बिरामीले लाभ लिएको कलेजका समाज कल्याण समितिका संयोजक तथा मदन भण्डारी मेमोरियल कलेज, समाजशास्त्र विभागका प्रमुख सुजित मैनालीले जानकारी दिनुभयो। यसैगरी सो स्वास्थ्य शिविरमा करिव चालिस जना दाताले रक्तदान गरेका थिए।

मैनालीका अनुसार काठमाडौं महानगर १० र २९ का स्थानीयले शिविरबाट लाभ लिएका छन्। ‘विनायकनगर, देवीनगर, बुद्धनगर, थापाथली, संखमुल, बानेश्वर क्षेत्रका सुकुम्बासी बस्तीका बासिन्दा र वरपरका सरकारी विद्यालयका विद्यार्थी तथा कलेजका विद्याथीहरुले शिविरबाट लाभ लिएका छन्’ उहाँले भन्नुभयो।

कलेजका विद्यार्थी, शिक्षक, कलेज परिवारका सदस्यहरूले समेत शिविरबाट लाभ उठाएको मैनालीले बताउनु भयो । समुदायप्रतिको उत्तरकदायित्व निर्वाह गर्न मदन भण्डारी कलेज सदा क्रियाशील रहिआएको र यो यसै सिलसिलाको एउटा गतिविधि भएको जानकारी कलेजका सहायक क्याम्पस प्रमुख कमल न्यौपानेले बताउनु भयो ।

असार १४ गते बिहीबार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कलेजको २२औं वार्षिकोत्सवको मुख्य कार्यक्रम सम्पन्न गर्न गइरहेको कुरा पनि कलेजले जानकारी दिएको छ।