काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजारमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य आज १ हजार ३७५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर हो ।





प्रतिक्रिया