काठमाडौं-सत्ता गठबन्धनमा सामेल भएको जनमत पार्टीले बजेटको विपक्षमा मत हाल्ने निर्णय गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले बजेट गरिबमारा, मधेशविरोधी र असमान भएको भन्दै बजेटलाई समर्थन नगर्ने निर्णय गरेको अध्यक्ष डा. सीके राउतले बताउनु भयो ।
प्रतिनिधिसभामा जनमतका ६ जना सांसद छन् ।
अध्यक्ष राउतले भन्नुभयो, ‘देशकै अर्थतन्त्र धराशायी भइराखेको बेलामा लुटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट कुनै पनि हालतमा स्वीकार्य छैन।’





प्रतिक्रिया