अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले ल्याएको बजेटको स्रोत नै विश्वसनीय छैनः ठाकुर गैरे

सरकारले ल्याएको बजेटको स्रोत नै विश्वसनीय छैनः ठाकुर गैरे


काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा स्रोतहरुनै विश्वसनीय नभएको दावी गर्नु भएको छ।  

बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा आर्थिक विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनु भएको हो।

सांसद गैरेले खर्चको अनुमान र स्रोतहरुनै तथ्यपरक नभएकाले सो बजेटले लिएका कुनै पनि लक्ष्य पूरा हुन नसक्ने जिकीर गर्नुभयो। बजेटले महंगी बढने, कालाबजारी बढने उहाँको भनाई थियो । सांसद गैरेले भन्नु भयो, ‘यो सरकारले गरेका खर्चका अनुमानहरुनै तथ्यपरक छैनन् । प्राप्त गर्ने स्रोतहरु पनि विश्वसनीय छैनन् । अर्कोतर्फ यो गरिएको अनुमान नै गलत छ भनेपछि त्यसले दिने निष्कर्ष पनि स्वभाविक रुपले गलत हुनेछ भन्ने मलाइ लाग्छ। त्यसकारणले यसबाट कुनै उपलब्धि हासिल गर्न सक्ने देखिदैन । र, यसले जुन अनुमानित ६ प्रतिशत लक्ष्य लिएको छ। त्यो प्राप्त हुने देखिदैन भन्ने कुरा म राख्न चाहन्छु।’

सांसद गैरेले बजेटले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर गर्ने सरकारको लक्ष्य प्राप्त नहुने बताउनु भयो।