अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजश्व र करको भरमा मात्रै देश चल्न सक्दैनः सांसद सुवाल

राजश्व र करको भरमा मात्रै देश चल्न सक्दैनः सांसद सुवाल


काठमाडौं-नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राजश्व र करको भरमा मात्रै देश चल्न नसक्ने बताउनुभएको छ। 
बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव माथिको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो।

उहाँले मुलुकमा अब प्रगतिशिल कर प्रणाली लागू गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो। उहाँले सरकारको राजश्वको स्रोत सवारी आयात,मदिरा आयात,मदिरा उत्पादनमा अन्तशुल्क,जग्गा निजी प्लटिङमा रनिस्टेशन शुल्क र पुँजीगत लाभ कर यो स्रोत भरपर्दो नभएको बताउनु भयो। उहाँले सरकारले कृषि उद्योग र उत्पादनलाई जोड दिई देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनु भयो। 
उहाँले भन्नुभयो,‘सरकारको राजश्वको स्रोत सवारी आयात,मदिरा आयात,मदिरा उत्पादनमा अन्तशुल्क,जग्गा निजी प्लटिङमा रनिस्टेशन शुल्क र पुँजीगत लाभ कर यो स्रोत भरपर्दो होइन। सरकारले कृषि उद्योग र उत्पादनलाई जोड दिई देशलाई आत्मनिर्भर बनाउनुपर्छ। राजश्व र करको भरमा देश चल्दैन। मुलुकमा प्रगतिशिल कर लागू गर्नुपर्छ। एउटै उद्योगी व्यापारीको ४० अर्ब नाफा भएको सार्वजनिक हुन्छ । तर देशभरको आयकर जोड्दा जम्मा ९४ करोड मात्रै हुन्छ। प्रगतिशिल कर प्रणाली नहुँदाको परिणाम हो । देशलाई आर्थिक रुपले सवल बनाउन जरुरी छ।’

उहाँले एउटै उद्योगी व्यापारीको ४० अर्ब नाफा भएको सार्वजनिक भएपनि देशभरको आयकर जोड्दा जम्मा ९४ करोड मात्रै रहेको बताउनु भयो। उहाँले आयकर ९४ करोड मात्रै हुनु प्रगतिशिल कर प्रणाली नहुँदाको परिणाम भएको बताउनु भयो।