अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असारे विकासलाई अन्त्य गर्नुपर्छः अमरेश सिंह

असारे विकासलाई अन्त्य गर्नुपर्छः अमरेश सिंह


काठमाडौं-प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ। 
बुधवार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै प्रतिनिधि सभा सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताउनुभएको हो।

उहाँले असार महिना लागेपछि काम नभएको ठाउँमा पनि रकम भुक्तानी हुने गरेको भन्दै यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभएको हो। उहाँले देश विकासको बाधक नै असारे विकास प्रवृत्ति रहेको उल्लेख गर्नुभयो। 
उहाँले भन्नुभयो, ‘साधारण खर्च र पुँजिगत खर्चको जबसम्म डिफरेन्सेस कम हुँदैन। तबसम्म देश विकास हुँदैन। त्यसमा पनि पुँजिगत खर्चमा के हुन्छ भने मन्त्रालयले पैसामा कुर्लि मारेर बसेको हुन्छ । जब असार आउँछ रातारात काम नै नभएको बिल पेमेन्ट हुन थाल्छ। हरेक होटलहरु प्याक हुन थाल्छ। यो प्रवृत्ति कसरी खतम गर्ने ? देश बिकासको सबभन्दा बाधक के हुन्छ भने असारे विकास। असारमा आउन बित्तिकै विकासको मुल फुट्न थाल्छ र चेक काट्न थाल्छ। त्यसकारणले अरु आर्थिक वर्षदेखि वैशाखभन्दा उता चेक नकाट्ने प्रवृत्ति बन्नुपर्छ। किनकी असारमा वर्षा शुरु भइसक्छ। त्यसकारणले असारे बिकासलाई कसरी अन्त्य गर्ने त्यो पनि सोच्नुपर्छ।’ 
उहाँले असारे बिकासलाई रोक्न वैशाख महिनाभन्दा पछि चेक काट्न नदिने व्यवस्था गर्नुपर्ने बताउनु भयो।