अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेश: बजेट पूर्वाग्रही भएको भन्दै पारित हुन नदिने एमालेको अडान

लुम्बिनी प्रदेश: बजेट पूर्वाग्रही भएको भन्दै पारित हुन नदिने एमालेको अडान


दाङ-लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट पूर्वाग्रही र बेथिति निम्त्याउने खालको रहेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले संशोधन नगरी पास हुन नदिने बताएको छ।

प्रदेश सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमाथि बुधबारदेखि संसद सुरु भएको छलफलमा सहभागी हुँदै प्रमुख प्रतिपक्षी एमालेले बजेट पूर्वाग्रही, कार्यकर्ता पोस्ने, बेथिति निम्त्याउने र राज्य कोषको दुरुपयोग गर्ने खालको भएको आरोप लगाउँदै विरोध जनाएको छ।

बुधबार अपरान्ह सुरु भएको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/८१ को प्रस्तावित बजेटमाथि छलफल शुरु नहुँदै प्रतिपक्षी दल एमालेले विरोध जनाउँदै संसद् बैठक नै अवरोध गरेपछि आगामी असार १७ गते आइतबार दिउँसो १ बजे पुनः बस्ने गरी बैठक स्थगित भएको छ।