अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाजवादी मोर्चाको औचित्य छैन: प्रदीप ज्ञवाली

समाजवादी मोर्चाको औचित्य छैन: प्रदीप ज्ञवाली


कैलाली-नेकपा एमालेका उपमहासचिव तथा कार्यबहाक महासचिव प्रदीप ज्ञवालीले समाजवादी मोर्चाको औचित्य नरहेको बताउनु भएको छ।

धनगढीमा जनसङ्गठन समन्वय संयन्त्रको प्रथम भेलालाई सम्बोधन गर्दै ज्ञवालीले माधव कुमार नेपालले आफ्नो औचित्य बचाउन समाजवादी मोर्चा तर्फ केन्द्रित भएको बताउनु भएको हो।

‘नेकपा एकीकृत समाजवादीका सांसदहरू अब त्यहाँ नरहने खतरा उहाँले देख्नु भयो त्यही भएर ती सांसद र नेतालाई बचाउन समाजवादी मोर्चा तिर लाग्नु भएको हो’, उहाँले भनुनभयो, ‘अब समाजवादी मोर्चाको पनि औचित्य छैन।’

नेता ज्ञवालीले जनताका समस्याहरूका विषयमा भन्दा पनि सत्ता बचाउने ढंगले मोर्चा तयार गरिएको बताउनु भयो । उहाँले अब धेरै समय मोर्चा पनि नरहने जिकिर गर्नुभयो ।

उहाँले एमालेमाथि चौतर्फी घेराबन्दी भएको बताउँदै एमालेले देशका हितमा धेरै काम गरेको र राष्ट्रियता जोगाएको बताउनु भयो।