अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन भण्डारीको आज ७२ औँ जन्मजयन्ती, मदन भण्डारी फाउण्डेशनद्वारा विचार गोष्ठीको आयोजना 

मदन भण्डारीको आज ७२ औँ जन्मजयन्ती, मदन भण्डारी फाउण्डेशनद्वारा विचार गोष्ठीको आयोजना 


काठमाडौँ-नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको आज ७२ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ ।

भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

फाउण्डेशनले राष्ट्रिय सभागृह आज दिउँसो राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी,  केपी शर्मा ओलीलगायतको सहभागिता रहने जनाइएको छ । 

वि.सं. २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका  रूपमा मदन भण्डारीको जन्म भएको थियो ।

वि.संं २०५० जेष्ठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा दासढुङ्गा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो ।

उहाँ नेपालको राजनीतिक वृत्तमा माक्र्सवादको नविन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक रहनुभएको थियो । सोही कारण उहाँलाई जननेता मान्ने गरिएको थियो ।