अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आफूलाई विश्वासको मत दिन कोशीका मुख्यमन्त्री कार्कीको पत्र विपक्षी नेताहरुलाई

आफूलाई विश्वासको मत दिन कोशीका मुख्यमन्त्री कार्कीको पत्र विपक्षी नेताहरुलाई


विराटनगर -विश्वासको मत लिने प्रस्ताव कोशी प्रदेशसभामा पेश हुनु केही घण्टा अघि मुख्यमन्त्री हिक्मत कार्कीले विपक्षी दलहरुलाई आफूलाई मतदान गर्न अनुरोध गर्नुभएको छ । प्रदेशसभामा रहेका विपक्षी दलहरुलाई पत्र लेख्दै कार्कीले त्यस्तो अनुरोध गर्नुभएको हो । विपक्षी गठबन्धनका कांग्रेस, नेकपा एस र जसपा संसदीय दलका नेतालाई कार्कीले नेकपा एमाले संसदीय दलको नेताको हैसियतमा पत्र लेख्नु भएको छ ।

एमाले संसदीय दलको हिजो बसेको बैठकको निर्णयअनुसार कोशी प्रदेशसभाको तेस्रो अधिवेशन सुरू हुनुभन्दा अगाडि प्रदेश संरचनाको स्थायित्वका लागि आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन भन्दै उनले लिखित आग्रह गरेका हुन् ।

कार्कीले पत्रमा प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकका अपेक्षाहरू पूरा गर्नका निम्ति पटक(पटक सरकार परिवर्तन भइरहने घटनाले आम नागरिकमा संघीय प्रणालीप्रति नै निराशा उत्पन्न हुनसक्ने उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले ५ वर्षसम्म कसरी र कुन विधिबाट सरकार चलाउने भन्ने विषयमा थप छलफल गर्न आफू तयार रहेको उल्लेख गर्नुभएको छ । ।