अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्री कार्कीले भन्नुभयो: अध्यादेशबाट बजेट ल्याउने बाध्यता थियो

कोशीका मुख्यमन्त्री कार्कीले भन्नुभयो: अध्यादेशबाट बजेट ल्याउने बाध्यता थियो


विराटनगर-कोशी प्रदेशसभाको तेस्रो अधिवेशन सुरु भएको छ।

प्रदेशसभामा सरकारको तर्फबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको छ। सो क्रममा संक्षिप्त मन्तव्य दिँदै मुख्यमन्त्री कार्कीले पटक पटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत नभएको बताउनु भएको छ।

आफ्नो नेतृत्वमा सरकार गठन भएपछि प्रदेशको नामकरण गर्नु महत्वपूर्ण उपलब्धी भएको उहाँले बताउनु भयो। मुख्यमन्त्री कार्कीले नीति तथा कार्यक्रम आउने अघिल्लो दिन र बजेट आउनुभन्दा ९ दिन अगाडि सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको विषयमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

कोशी प्रदेशभित्र त्यहीबाट अस्थिरताको खेल सुरु भएको बताउँदै मुख्यमन्त्री कार्कीले साेहीकारण संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन बाध्य हुनुपरेको बताउनु भयो।