अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा एमालेका सबै सांसद मुख्यमन्त्री बन्न योग्य छन्: मुख्यमन्त्री कार्की

कोशीमा एमालेका सबै सांसद मुख्यमन्त्री बन्न योग्य छन्: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो पार्टीका सबै प्रदेशसभा सदस्यहरू मुख्यमन्त्री बन्न योग्य रहेको दाबी गर्नु भएको छ।

बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले ६ महिनामा सुशासनको अनुभूति गराउन सफल रहेको बताउनु भयो । 

‘सबैभन्दा ठूलो दल प्रदेशसभा एमाले हो। अहिले पनि ४० सांसद हुनुहुन्छ,’ मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘हरेक मान्छे मन्त्रीका लागि मात्र होइन मुख्यमन्त्री बनाएर चलाउन योग्य हुनुहुन्छ। सबै माननीयलाई चित्त बुझाएर दुई मन्त्री र मुख्यमन्त्री लिएर सरकार बनाउँदा कहीं पनि असन्तुष्टि आउन मैले दिइनँ।’

मुख्यमन्त्री कार्कीले साना दलहरू विवाद र समस्याले ग्रस्त भएको अनुभव आफूले गरेको पनि बताउनु भयो। उहाँले भन्नुभयो, ‘जति सानो दल हुन त्यति बढी विवाद र समस्याले ग्रस्त भएको मैले प्राप्त गरेको छु।’