अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोर्चाहरूको हारले युद्धको हार हुँदैन, हामी पराजित छैनौं: अध्यक्ष ओली

मोर्चाहरूको हारले युद्धको हार हुँदैन, हामी पराजित छैनौं: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मोर्चाहरूको हारले युद्धको हार नहुने टिप्पणी गर्नु भएको छ।

मदन भण्डारीको ७२औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभय, ‘मोर्चाहरुको हारले युद्धको हार हुँदैन। एउटा मोर्चामा होरियो भन्दैमा एक समयमा अलिकति ब्याक भयो भन्दैमा सत्य पराजित भएको हुँदैन।’

अध्यक्ष ओलीले आफ्नो पार्टी नेकपा एमाले अझै पनि पराजित नभएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘हामी पराजित भएका छैनौं, सत्यमा अडिएर समायनुकुल परिवर्तन गरेर अघि बढ्नुपर्छ भनेर एकजना नेतृत्व निस्किनुभयो, जसलाई हामी मदन भण्डारी भन्छौं । जसको आज ७२ औं जन्मजयन्ती। उहाँको अगुवाइमा जुन जनताको बहुदलीय जनवाद आयो त्यसको आधार आयामहरु त्यसका विशेषहरुको बारेमा छलफल गर्न हामी चाहिरहेका छौं।’