अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म त सपनामा पनि एमाले नै देख्छु: नेकपा एसका सचिव राजेन्द्र राई

म त सपनामा पनि एमाले नै देख्छु: नेकपा एसका सचिव राजेन्द्र राई


विराटनगर- एमालेबाट करिब दुईवर्ष अघि छुट्टिएको नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र राईले आफूले सपनामा पनि एमाले नै देख्ने गरेको बताउनुभएको छ ।
नेकपा एसका संसदस्य दलका नेता समेत रहेका राईले आफू एमालेमा मिसिन लालायित भएको उल्लेख गर्नुभएको छ । ‘एमाले कै झण्डा बोकेर हिडेको देख्छु एमालेकै तर्फबाट ढुंगामुडा गरेको देख्छु , जतिबेला पनि एमाले नै देख्छु’ राईले भन्नुभयो ‘तर एमालेले हामीलाई लिन चाहेन । अरु बेला खोजेन । अहिले विश्वासको मत चाहिने बेलामा मात्र खोज्यो ।’
राईले एमाले र समाजवादी मिले अन्य दलको सहयोग पनि खासै नचाहिने अवस्था हुँदा पनि मूख्यमन्त्री हिक्मत कार्कीले आफूहरुलाई धेरै महत्व नदिएको गुनासो गर्नुभयो । ‘हामी दुई मिल्दा पनि संसदीय दलको नेता तपाईं नै हुनुहुन्थ्यो’ कार्कीलाई लक्षित गर्दै राईले भन्नुभयो ‘तर उहाँले न पार्टी मिलाउने कुरा गर्नुभयो । न बजेटको बेला खोज्नु भयो । केवल विश्वासको मत चाहिने बेलामा मात्र खोज्नु भयो । यसो गरेपछि कसरी विश्वासको मत दिँउ ?’