अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिव भट्टराईमाथि इलाममा आक्रमणको प्रयास

एमाले सचिव भट्टराईमाथि इलाममा आक्रमणको प्रयास


विराटनगर-नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन्। 

कोशी राखिएको प्रदेश १ को नाम पुन:नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमसहितको टोलीले सचिव भट्टराईलाई इलाम सदरमुकाममा आक्रमण प्रयास गरेका हुन्। 

७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा इलाममा आयोजित ‘आजको लोकतन्त्र, उपलब्धी र चुनौती’ विषयक अन्तरसंवादमा सहभागी हुने क्रममा सचिव भट्टराईमाथि आक्रमण प्रयास भएको हो। उक्त कार्यक्रममा कांग्रेस नेता गुरुराज घिमिरे र भट्टराईले सम्बोधन गर्ने कार्यक्रम थियो। 

भट्टराई सवार गाडीमै आक्रमण प्रयास भएपछि प्रहरीले जोगाएको थियो। आक्रमण प्रयाससहित पहिचानपक्षधरहरुले भट्टराईलाई कालोझण्डा पनि देखाएका थिए।