अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखले सरकार बनाउने र गिराउने भूमिकामा मत हाल्न मिल्दैन : लिलाबल्भव अधिकारी

सभामुखले सरकार बनाउने र गिराउने भूमिकामा मत हाल्न मिल्दैन : लिलाबल्भव अधिकारी


विराटनगर -नेकपा एमाले कोशी प्रदेशसभाका सदस्य लिलाबल्भव अधिकारीले वर्तमान सरकारले विश्वास मत नपाए नयाँ सरकार बन्ने अवस्था नरहेको बताउनुभएको छ ।
कोशी प्रदेशसभामा आज बिचार राख्दै अधिकारीले अहिलेको गणितले सत्ता पक्षमा ४६ जना र विपक्षमा ४६ जना मात्रै साँसद रहने भएकोले नयाँ सरकार बन्न नसक्ने बताउनुभएको हो । ‘संविधानले सभामुखलाई सरकार बनाउने वा गिराउने भूमिकामा रहने परिकल्पना गरेको छैन ’ अधिकारीले भन्नुभयो ‘आज अमुक गठबन्धनको सरकार बनाउन वा गिराउन सभामुखको भूमिका देखियो भने यसले गलत परम्परा बस्छ ।’
आफ्नो स्वार्थका लागि गरिमामय संस्थाका लागि धुमिल बनाउन पनि कसैले कसैलाई पनि उक्साउनु नहुने बताउनुभएको छ ।