अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाज रुपान्तरणको अभिभारा पूरा भइसकेको छैनः पूर्वराष्ट्रपति भण्डारी

समाज रुपान्तरणको अभिभारा पूरा भइसकेको छैनः पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समाज रुपान्तरणको अभिभारा पूरा भइ नसकेको बताउनुभएको छ।

बिहीवार काठमाडौंमा मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले समाज रुपान्तरणको अभिभारा पूरा गर्नका लागि लामो यात्रा तय गर्न बाँकी रहेको बताउनु भयो। उहाँले जनताको जीवनमा सम्पूर्ण रुपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनाको दायित्व पूरा भइ नसकेको बताउनु भयो। उहाँले राजनीतिक रुपमा केही संरचनागत परिवर्तनहरु भएपनि नेपाली क्रान्ती सम्पन्न भइ नसकेको बताउनु भयो। उहाँले यसमा पर्याप्त सुधार, परिवर्तन तथा रुपान्तरणका सम्भावनाहरु बाँकी रहेको बताउनु भयो। 

उहाँले भन्नुभयो, ‘समाज रुपान्तरणको हाम्रो अभिभारा पूरा भइसकेको छैन। यसका लागि धेरै लामो यात्रा तय गर्न बाँकी नै छ। जनताको जीवनमा सम्पूर्ण रुपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको जुन परिकल्पना छ, त्यसको दायित्व पूरा भइसकेको छैन। राजनीतिक रुपमा केही संरचनागत परिवर्तनहरु भएका छन्। तर नेपाली क्रान्ती सम्पन्न भइसकेको छैन। केवल शुरुवात भएको छ। यसमा पर्याप्त सुधार, परिवर्तन तथा रुपान्तरणका सम्भावनाहरु बाँकी नै छन्। हामीले जनताको बीचमा गएर नै ती सम्भावनाहरुको खोजि गर्नुपर्छ।’ 

पूर्वराष्ट्रपति भण्डारीले गौतमबुद्धदेखि अन्य विचारकहरुले मानव जीवनको सुख र शान्तिको बहालीलाई नै आफ्नो खोजको विषय र लक्ष्य बनाएको बताउनु भयो।