अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन: योगेश भट्टराई

एमालेलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन: योगेश भट्टराई


इलाम-नेकपा एमालेका सचिव योगेश भट्टराईले पहिचानवादीले आफूलाई कालोझन्डा देखाएको घटनालाई सामान्य रुपमा लिएको बताउनु भएको छ। 

इलाम बजारमा पहिचानवादीले कालोझन्डा देखाउँदै आक्रमण प्रयास गरेपछि सचिव योगेशको यस्तो प्रक्रिया दिनु भएको हो।

मदन भण्डारी फाउण्डेसन इलामले ७२औँ मदन जयन्तीका अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जाँदै गर्दा उहाँलाई पहिचानवादीले इलाम बजारमा कालो झन्डा देखाइएको थियो। 

सचिव भट्टराईले एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी भएको बताउँदै आफूले कालोझन्डा देखाउने अधिकारकै लागि लामो समय संघर्ष गरेको पनि उल्लेख गरेका छन्। 

‘एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी हो। आज मलाई कालोझन्डा देखाउनेहरुको अधिकारका लागि म स्वयम् र मजस्ता लाखौँले लडेर ल्याएको विरोध गर्ने अधिकारको अभ्यास उहाँहरुले गर्नुभएकोमा लोकतन्त्रको संघर्षमा हामीले बिताएको समयले सार्थकता पाएको अनुभूति भएको छ’, सचिव भट्टराई भन्नुहुन्छ, ‘हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ। उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन। एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन।’ 

सचिव भट्टराईले कोशीको समस्या समाधानका लागि एमाले वार्ता र संवादका लागि हरबखत तयार रहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वयम् उहाँहरुका लागि पनि लज्जाको विषय हो। कार्यक्रम जिविस हलमा सानदाररुपमा सम्पन्न भएको छ। कांग्रेसका युवा नेता गुरु घिमिरे र मैले मुख्य वक्ताका रुपमा लोकतन्त्र र चुनौतीबारे मन्तब्य राख्यौँ।’