अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धान दिवस मनाउन अध्यक्ष ओली चितवनमा, के-के छन् आजका कार्यक्रम ?

धान दिवस मनाउन अध्यक्ष ओली चितवनमा, के-के छन् आजका कार्यक्रम ?


चितवन-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धान दिवस मनाउन चितवन आउनु भएको छ । राष्ट्रिय धान दिवस मनाउन अध्यक्ष ओली चितवन आउनु भएको हो । 

अध्यक्ष ओली चितवनमा हुने विभिन्न कार्यक्रम सहभागी हुने एमाले  चितवनका नेता सुरज थपलियाले बताउनु भयो । उहाँका अनुसार अध्यक्ष ओलीले गेस्ट हाउस चौरमा आज बिहान सम्बोधन गर्नुहुने छ । 

यस्तै अध्यक्ष ओली भरतपुर २४ स्थित केरुङ्गा सामूहिक तरकारी कृषि फर्ममा धान रोपाई कार्यक्रममा सहभागी हुनुहुनेछ । उहाँले रामपुर कृषि क्याम्पसमा दिउँसो युवा, विद्यार्थी र किसान उद्यमीहरुसँग अन्तर्क्रिया कार्यक्रम गर्ने एमाले चितवनले जनाएको छ । 

आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदै छ ।