चितवन-राष्ट्रिय धान दिवस मनाउन चितवन आइपुग्नु भएका नेकका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान छुपुछुछु धान रोपेको दृष्यले सवैलाई लोभ्यायो।
चितवनस्थित केरुङ्गा सामूहिक कृषि फार्मको आयोजित कार्यक्रममा अध्यक्ष ओलीले धान राेप्नु भएको हो।
अध्यक्ष ओली बिहान गेस्टहाउस चौरदेखि चौबीसकोठीको र्यालीमा सहभागी हुनु भएको थियो । र्यालीमा उहाँकी पत्नी राधिका शाक्य पनि सहभागी हुनुहुन्थ्यो ।
अध्यक्ष ओलीसँगै एमाले पोलिटब्यूरो सदस्य तथा चितवनका इञ्चार्ज पूर्वमन्त्री पार्वत गुरुङ पनि धान रोप्न थाल्नुभयो । सँगै रहनुभएका ओलीले छिटोछिटो धान रोपेको देखेपछि गुरुङ र चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने चकित पर्नुभएको थियो। उहाँहरु मात्रै होइन, अन्य सहभागी पनि चकित परे।
धान रोपाइँका लागि अध्यक्ष ओली बिहीबार दिउँसो नै चितवन आइपुग्नुभएको हो । भरतपुर महानगरपालिका वडा नं.२४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीको तीन विघा जग्गामा धान रोपाइँ भएको छ । बोरिङ्गबाट तानिएको पानीले खेत हिलो बनाइएको थियो ।
मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खानेजस्ता नामले पनि मनाउने चलन छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ ।
असारे भाकामा लोकदोहोरी गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन रहेको छ।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेसा–व्यवसायमा लागेका नेपालीले आज दही चिउरा खाई असार १५ मनाउँछन्।
प्रतिक्रिया