अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हेटौँडामा बस दुर्घटना हुँदा ४९ जना घाइते

हेटौँडामा बस दुर्घटना हुँदा ४९ जना घाइते


मकवानपुर-हेटौंडामा यात्रुवाहक बस दुर्घटना हुँदा ४९ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दिउँसो करिब २ बजे चितवनबाट जनकपुर जाँदै गरेको ना. ६ ख ९८०४ नम्बरको बस हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा ४९ जना घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरुको जिल्ला प्रहरी कार्यालय मकवानपुरले उद्धार गरी हेटौंडा अस्पातल र चुरेहिल अस्पाताल पठाइएको छ।

घाइतेमध्ये २७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

बस अनियन्त्रित भएर सडबाट तल खसेको प्रहरीले जनाएको छ। उक्त स्थानमा सडक निर्माणको काम भइरहेकोले चालक झुक्किएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनु भयो ।