कटारी-उदयपुर क्षेत्र-२ का सांसद अम्बरबहादुर रायमाझीले कटारी नगरपालिका वडा-१ खसीबास्थित बेलसोत खोलामा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गर्नु भएको छ।
शुक्रबार एक कार्यक्रमबीच उदयपुर क्षेत्र-२ का सांसद अम्बर बहादुर रायमाझीको प्रमुख आतिथ्यता र कटारी नगरपालिकाका मेयर राजेश चन्द्र श्रेष्ठले संयुक्तमा पुलको उद्घाटन गरिएको हो। उक्त पुलको ५९ लाख ९९ हजार ९६५ रुपैयाँको कुल लागतमा निमार्ण भएको जनाएको छ।
पुल उद्घाटन गर्नुहुँदै सांसद रायमाझीले खसिबासको सडक निर्माणका लागि प्रदेश र संघमा पहल गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘खसिबास कृषि तथा पशुपालनको सम्भावना बोकेकोले पकेट क्षेत्रको रुपमा विकास गर्दै लैजानु पर्छ।’
कटारी नगरपालिकाको सहयोगमा निर्माण गरीएको पुलले खसिबास, एक्लेसल्लाका स्थानीयलाई लावान्भित बनाएको छ। पुल निर्माण भएपछि गाउँका बालबालिकालाई विद्यालय आउन जान सहज भएको छ। पुल निर्माणका लागि गत वर्ष उपभोक्ता समितिसँग कटारी नगरपालिकाले सम्झौता गरेको थियो।
कटारी नगरपालिकाका मेयर श्रेष्ठले खसिबासको सडकलाई रिङरोडको रुपमा विकाश गर्नुपर्ने बताउनु भयो। उक्त सडकलाई बाहृै महीना सञ्चान गर्न सक्ने गरी स्तरउन्नतिका लागि बजेटको व्यवस्था गरिदिन पनि सांसद रायमाझीलाई श्रेष्ठले आग्रह गर्नुभयो।
कार्यक्रममा बोल्दै कटारी नगरपालिकाको उपमेयर गिता खड्रकाले पुलको राम्रोसँग हेरविचार गर्न स्थाीनयलाई आग्रह गर्नुभयो। कार्यक्रमको समापन गर्दै वडाध्यक्ष पदम बहादुर मगरले सडक निर्माणका लागि वडाले नसक्ने भएकाले केन्द्र सरकारले बजेट दिनु पर्ने बताउनुभयो। पुल निर्माण भएपछि आउन-जान सहज भएको भन्दै सडक निर्माण गरिदिन स्थानीय ज्ञान बहादुर लामाले आग्रह गर्नुभयो।
कार्यक्रममा कटारी-४ का पूर्व वडाध्यक्ष कृष्णराज दनुवार, उदयश्री वहुमुखी क्याम्पस कटारीका प्रमुख मुकेश थापा, नेकपा एमाले नगर कमिटी कटारीका अध्यक्ष संञ्जिव कार्की, कटारी नगरपालिकाका सचिवालयका सुदिप बराल लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया