अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरमा पुष्पलाल र मनमोहन जयन्ती

विराटनगरमा पुष्पलाल र मनमोहन जयन्ती


विराटनगर – विराटनगर वडा नं. १ स्थित ऐतिहासिक विष्णुमाया पुस्तकालयले असार १५ गते आफ्नै सभाकक्षमा नेकपा संस्थापक महामन्त्री पुष्पलाल तथा पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको संयुक्त जन्मजयन्ती भव्य रुपमा सम्पन्न ग¥यो ।
माक्र्सवादी चिन्तक तथा आयोजक प्रमुख केशव प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि एमाले कोसी प्रदेशका सांस्कृतिक विभाग प्रमु्ख तथा प्रा.डा. बद्रीविशाल पोखरेल रहनु भएको थियो । कार्यक्रमको औचित्य, महत्व र उपादेयता बताउँदै बोल्दै आयोजकलाई धन्यवाद दिँदै डा. पोखरेलले प्रचारात्मक काममात्र नगरी परिणामात्मक कार्यक्रम गर्नु पर्ने बताउनु भयो । कम्युनिस्ट आन्दोलनका धरोहरलाई कर्मकाण्डी रुपमा स्मरण गर्ने भन्दा उहाँहरुको व्यावहारिक तथा सच्चा अनुयायी माक्र्सवादी हुनु पर्ने बताउँदै डा. पोखरेलले नेपाली कम्युनिस्ट आन्दोलनका उपलब्धि र प्राप्ति पनि रहेको हुँदा नकारात्मक कुरा मात्र प्रवाह गर्न नहुने बताउनु भयो । पुँजिवादले ४०० वर्षमा गर्न नसकेको प्रगति चीनजस्ता मुलुकले सय वर्षमै सम्पन्न गरेको उदाहरण दिँदै सबै कम्युनिस्ट नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकले आलोचनात्मक चेतको उच्चतम विकास र उपयोग गरेर विकृतिलाई निर्ममताका साथ छाँस्नु पर्ने बताउनु भयो ।


कार्यक्रममा माक्र्सवादी चिन्तक तथा लेखक नारायण प्रसाद आचार्य, संघीय समाजवादीका नेता महेश रेग्मी, कोसी प्रदेशका पूर्व सभासद् द्वय सावित्री जोशी, यशोदा अधिकारी,राष्ट्रिय जन सांस्कृतिक महासङ्घ विराटनगरका लेखकहरु उमानाथ घिमिरे, भीम कोइराला, प्रयाग न्यौपाने, तथा विनोद सुवेदी,कृष्ण प्रसाद गौतम,बल्लभ कार्कीले आआफ्ना रचना र विचार व्यक्त गरेका थिए । अन्तक्रियात्मक कार्यक्रममा श्रोताको सक्रिय सहभागिता रहेको थियो ।