अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस डराएर १० सीटेलाई डेढ वर्ष प्रधानमन्त्री बनाउँछौँ भन्ने ठाउँमा पुग्यो: गगन थापा

कांग्रेस डराएर १० सीटेलाई डेढ वर्ष प्रधानमन्त्री बनाउँछौँ भन्ने ठाउँमा पुग्यो: गगन थापा


काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता बाहिर बस्नुपर्छ भन्ने डरले गर्दा कांग्रेस १० सीट भएका माधव नेपाललाई डेढ वर्ष प्रधानमन्त्री बनाउन तयार हुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ।

शनिबार नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारमा रहँदा कांग्रेसले शर्त राख्नुपर्ने बताउनु भयो ।

अहिले नेकपा माओवादी केन्द्रसँग गठबन्धन रहेको उल्लेख गर्दै महामन्त्री थापाले यो पनि रहने नरहने निश्चित नभएको बताउनु भयो । 

‘चुनाव अघि तालमेल गर्दैनौं, तर चुनावपछि बहुमत नआउँदा कोही न कोहीसँग गठबन्धन गरेर सरकार बनाउनुपर्ने हुन्छ। हामी अहिले माओवादीसँग गठबन्धनमा छौं। भोलि यो रहला नरहला,’ थापाले भन्नुभयो, ‘चुनाव पछि बहुमत नहुँदा गठबन्धन रहने भत्कने भइरहन्छन्। तर कांग्रेसको शर्त हुनुपर्यो।’

महामन्त्री थापाले अहिले कांग्रेस पार्टी डराएर १० सिटे पार्टीको नेतालाई डेढ वर्ष प्रधानमन्त्री बनाउने ठाउँमा पुगेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘आज कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने भन्ने बनेको छ। १० सीट जितेको पार्टीको नेतालाई अर्को डेढ वर्ष प्रधानमन्त्री मानेर टाउकोमा राखे, बुइमा चढाएर कांग्रेस अन्तिममा डेढ वर्ष प्रधानमन्त्री बन्छौँ भन्ने अवस्थामा पुगेको छ। सरकारबाट बाहिर जानुपर्ला भनेर डराएर यस्तो गरिएको हो । अब नीति महाधिवेशनले यो परिवर्तन गर्नुपर्छ ।’